नियम
सूचना टाँस गर्ने कार्यविधि
(१) व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलको विभिन्न ठाउँमा ध्रुम्रपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको देहायको आकारको सूचना टाँस गर्नु पर्नेछः–
(क) भवनको मुख्य प्रवेशद्वारमा कम्तीमा तीस सेन्टिमिटर लम्बाई र बीस सेन्टिमिटर चौडाईको सूचना,
(ख) भवनको भित्र द्वारमा कम्तीमा बीस सेन्टिमिटर लम्बाई र पन्ध्र सेन्टिमिटर चौडाइको सूचना ।
(२) उपनियम (१) बमोजिम टाँसिने सूचनामा धुम्रपान तथा सूर्ति सेवन गर्न छुट्याइएको वा तोकिएको ठाउँ बाहेक अन्यत्र धुम्रपान तथा सूर्ति सेवन गरेमा ऐन बमोजिम सजाय हुने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।